Logo

मुख्य समाचार

विश्वप्रकाश शर्मा : जता प्रकाशमान उतै उभिन्छु



२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने बताएसँगै उनले पनि देउवाको पक्षमा उभिने बताएका छन् ।

मंगलबार बिहान एक ट्वीट सन्देशमार्फत् उनले भनेका छन्, ‘सर्वसम्मति सर्वोत्तम ।

‘दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु -नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ’ उनले अगाडि लेखेका छन्, ‘पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ४७ बजे