Logo

मुख्य समाचार

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा सीआईबीका सई पक्राउ



२८ मंसिर, काठमाडौं। व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीका  प्रहरी नायब निरीक्षक (सई) केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना  पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीकहाँ पुगेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले बताएका छन ।

उनले भने ‘उजुरीका आधारमा छानविन गर्दा संलग्नता देखिएपछि पक्राउ परेका हौं’ ,‘अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको बताएका छन् । तर उनको परिचय नखुलेको स्रोतले जनाएकाे छ।

स्रोतकका अनुसार ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिएका थिए । उनीहरुले व्यवसायीलाई २० लाख रुपैयाँ मागेको  पाईएकाे छ। 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ३२ बजे