Logo

मुख्य समाचार

माओवादी केन्द्रद्वारा संसदीय बोर्ड गठन



काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय बोर्ड गठन गरेको छ । आज मंगलबार बिहान बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्ड गठन गरेको हो ।

संघीय संसदको १०औँ अधिवेशन शुरू हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामी, उपसचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

साथै बैठकले सर्वदलीय बैठक बसेर संसदीय अवरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ । संघीय संसदको दुवै सदनको मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २४ बजे