Logo

मुख्य समाचार

विमलेन्द्र निधीको पनि समर्थन देउवालाई



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औैँ महाधिवेशन अन्तर्गत दोस्रो चरणमा हुन लागेको निर्वाचनमा विमलेन्द्र निधीले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

निधीलाई भेट्न उनकै निवास पुगेका देउवालाई निधीले पनि सहयोगेको बचन दिएका हुन् । यसअघि प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने बताइसकेका छन् ।

निधीले हिजोसम्म दोस्रो चरणको निर्वाचन भएमा देउवालाई एक्ल्याउने बताउँदै आएका थिए । 

दोस्रो चरणमा सभापतिका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे