Logo

मुख्य समाचार

सिंहलाई भेट्न चाक्सीबारीमा प्रधानमन्त्री देउवा



काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न सिंहकै निवास चाक्सीबारीमा पुगेका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने भएपछि सहयोग माग्दै देउवा सिंहलाई भेट्न पुगेका हुन् । यसअघि गृहमन्त्री खाँडलाई देउवाले सिंहलाई भेट्न पठाएका थिए ।

काँग्रेस सभापतिको दोस्रो चरणको चुनावमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । देउवा र कोइराला दुवैजना अहिले सिंहलाई फकाउन लागि परेका छन् ।

पहिलो चरणको चुनावमा देउवालाई बहुमत ल्याउन ८२ मत पुगेको थिएन । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : २४ बजे