Logo

मुख्य समाचार

पौडेलले आयोजना गरेको चियापानमा पुगे प्रधानमन्त्री देउवा



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । 

महाधिवेशनमा भाग लिन आएका प्रतिनिधीहरुका लागि पौडेलले लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा चियापान आयोजना गरेका हुन् । अन्य नेताहरु शेखर कोइराला, प्रकाशमान सिंहहरु भने अहिलेसम्म पुगेका छैनन् ।

अब दोस्रो चरणको निर्वाचन हुने भएपछि उनीहरु आन्तरिक छलफलमा जुटेका बुझिएको छ । छलफल सकिएपछि अन्य नेताहरु पनि चियापानमा सरिक हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : १८ बजे