Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशनः ६२६ मतकासाथ अगाडि देउवा



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा को अग्रता देखिएको छ । निर्वाचन समितिका अनुसार अहिले सम्म भएको मत गणनामा देउवा ६२६ मतकासाथ अगाडि छन्।

कोइरालाले ४८२  मत ल्याएर देउवालाई पछ्याइरहेका छन् । अर्का उम्मेदवार प्रकाशमान सिंहले १०२ विमलेन्द्र निधिले ८७ र कल्याण गुरुङले ४ मत ल्याएका छन्।

अहिलेसम्म १३०६ मत गणना भएको छ। 

मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ।  मतगणनामा सुरु देखिअग्रता देउवाकै  देखिए

को छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।

कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : १० बजे