Logo

मुख्य समाचार

नेत्र विश्व विद्यालय सम्बन्धी विधेयक चाँडै पास हुन्छ : सभामुख



काठमाडौं । सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्व विद्यालयको विधेयक आउँदो संसदको अधिवेशनमा पारित गर्नेगरी तयारी गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा उनले विधेयक पास भए कानूनी रुपमा भइरहेको समस्याहरु हट्ने विश्वास व्यक्त गरे । विश्वविद्यालय बनाइ सकेपछि नेपाललाई आँखा अनुसन्धानका लागि काम गर्ने अवसर प्राप्त हुने बताए ।

उनले भने, ‘तिलगंगा नेत्र विश्व विद्यालयको लागि कानून बनाउनुपर्ने भएकाले विधेयक छिटो पास गर्नपर्ने अवस्था छ । विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएर समितिमा गएको छ । समितिबाट पनि पास भयो भने कानूनी रुपमा भइरहेको असजिलालाई हटनेछ । विश्वविद्यालय बनेपछि आँखा सम्बन्धी अनुसन्धानको काम गर्न धेरै अवसर प्राप्त हुन्छ ।’

यसको साथै, उनले ताप्लेजुङ जिल्लाको जनजाती, आदिवासी र संस्कृतीहरुको विकास गरेर देशको एउटा आकर्षणको केन्द्र बनाउन सक्ने धेरै आधारहरु भएको भन्दै त्यो दिशामा सबैको क्षेत्रको भूमिका आवश्यक हुने बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ३३ बजे