काठमाडौं । नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
केन्द्रीय कमिटी सदस्य मनोनयनमा असन्तुष्टि जनाउँदै पोखरेलले पदबाट राजीनामा दिएका हुन् । पोखरेलले नैतिकताको आधारमा एमाले दोलखाको अध्यक्षबाट राजिनामा दिएको सामाजिक सन्जालबाट घोषणा गरेका छन् ।
आफूले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको पोखरेलले बताएका छन् । आफू भन्दा कनिष्ठ व्यक्तीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको भन्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
एमाले दोलखाका दुई नेता आनन्द पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बनेका छन् भने सरस्वती बस्नेत र रचना खड्का केन्द्रीय सदस्य बनेका छन् ।
प्रतिक्रिया