Logo

मुख्य समाचार

एमाले दोलखाका अध्यक्ष पोखरेलले दिए राजीनामा



काठमाडौं । नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

केन्द्रीय कमिटी सदस्य मनोनयनमा असन्तुष्टि जनाउँदै पोखरेलले पदबाट राजीनामा दिएका हुन् । पोखरेलले नैतिकताको आधारमा एमाले दोलखाको अध्यक्षबाट राजिनामा दिएको सामाजिक सन्जालबाट घोषणा गरेका छन् ।

आफूले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको पोखरेलले बताएका छन् । आफू भन्दा कनिष्ठ व्यक्तीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको भन्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । 

एमाले दोलखाका दुई नेता आनन्द पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बनेका छन् भने सरस्वती बस्नेत र रचना खड्का केन्द्रीय सदस्य बनेका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३० बजे