Logo

अर्थ

‘शेयर बजारको समस्यामाथि छलफल जारी छ’: अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका देखिएको समस्या समाधानका लागि छलफल भइरहेको बताएका छन् ।

बीमा समितको भवन उद्घाटन कार्यक्रममा बोल्दै शर्माले आफ्नो कारणले सेयर बजारमा गिरावट आएको भ्रम फैलाएको भन्दै यसमा मन्त्रीको केहि हात नहुने र अहिले विज्ञहरुसँग छलफल भइरहेको बताएका छन् ।

उनले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको बताएका छन् । लगानीकर्ताले अनावश्यकरूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको भन्दै उनले लगानीकर्तालाई ढुक्क हुन आश्वस्त पारे ।

अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको भन्दै शर्माले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : २३ बजे