Logo

मुख्य समाचार

एमसीसी सम्झौता खारेजको माग गर्दै एमसीए कार्यालय घेराउ



काठमाडौं : एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति  (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित  ६ राजनीतिक पार्टी र मोर्चाहरुले एमसीए कार्यालय अघि प्रदर्शन गर्दै संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको हाे ।

उक्त कार्यक्रममा आयाेजक  पार्टीका नेता कार्यकर्ता लगायत अन्य सर्बसाधारणकाे उपस्थिति रहेकाे थियाे।  एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरु एक हौँलगायतका नाराहरु लगाउँदै प्रदर्शनसहित एमसीए कार्यालय घेराउ गरेका हुन्  ।

विज्ञप्तिमार्फत् एमसीसीविरुद्धको संघर्ष सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आमनेपाली जनतालाई व्यापक सहभागिताका निम्ति हार्दिक अपिल गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ११ बजे