Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: ६०० मत खस्यो



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले जारी मतदानमा ६ सय मत खसेको छ ।

राष्ट्रिय सभागृहमा र भृकुटीमन्डपमा दुई स्थानमा गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइएको छ । तीनवटै स्थानमा गरेर दिउँसो २ बजेसम्म ६०० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए ।

मतदान निर्धारित समयभन्दा साढे तीन घन्टा ढिलो गरि सुरू भएको हो। बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान ढिलो गरि मध्याह्न करिब १२ बजेदेखि मात्रै सुरु भएको थियो ।

१२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन भइरहेको हो । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ०० बजे