काठमाडाैं । कालीमाटीमा आज सबैभन्दा सस्तो गोलभेँडा १६ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सबैभन्दा महँगो तरकारीमा सिताके च्याउको मूल्य ९७५ रुपैयाँ छ ।
कालीमाटीमा हिजो प्रतिकिलो ३५२ रुपैयाँ रहेको डल्ले च्याउको मूल्य आज ३६० पुगेको छ । हिजो प्रतिकिलो २ सय रहेको कन्य च्याउको मूल्य भने आज घटेर १८४ मा झरेको छ ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७३, रातो आलु ७०, बन्दा ७६, स्थानीय ज्यापु काउली ९५, डल्ले भन्टा ५५, तने बोडी ५५, करेला ४५, परबल ५५ लौका ३५, घिरौला ३५, हरियो फर्सी ६५, भिन्डी ३५, स्कुस ५६ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।
कालीमाटीमा हिजोठूलो गोलभेँडा ७६, सानो गोलभेँडा १७, गाँजर ११५, बन्दा ६६, ज्यापु काउली ९५, रातो मुला २७, डल्ले भन्टा ५६, करेला ४४, लौका २५, परबल ५६, घिरौँला ३५, हरियो फर्सी ६५, भिन्डी ३५, स्कुस ५६, कन्य च्याउ २ सय, ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो थियो ।
प्रतिक्रिया