Logo

मुख्य समाचार

‘एमालेमा ओलीको गुटबन्दीले छलाङ मारेको देखियो’: भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीभित्र केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका छन् ।

आइतबार केन्द्रीय कमिटीले गरेको सदस्य मनोनयन र कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै रावलले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन् ।

पार्टी अध्यक्ष ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको रावलले आरोप लगाएका हुन् । ओलीको प्रवृति पार्टीका लागि राम्रो नहुँने भन्दै हट्नु पार्टीको हितमा हुने उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो। यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो। यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ’। 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३० बजे