Logo

कर्पोरेट

झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा


१८ श्रावण २०८१, शुक्रबार  

69
Shares

झापा । झापाको कनकाई नगरपालिका-७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गर्नुभएको हाे ।

कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई-७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहाेम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गरे । बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  २ : ५१ बजे