Logo

मुख्य समाचार

माओवादी केन्द्रको वागमती प्रदेश समिति चयन, मंगलबार पदाधिकारीको टुंगो लाग्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले वागमती प्रदेश समिति चयन गरेको छ ।

शनिबारबाट सुरु भएको सम्मेलनबाट २ सय ७५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको हो । प्रदेश समिति चयन भएपनि पदाधिकारीको भने चयन हुन सकेको छैन ।

पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुंगो लाग्न नसकेको हो । मंगलबार चयन गरिएको प्रदेश समितिको पहिलो बैठक बसेर पदाधिकारीको टुंगो लगाइने माओवादीले जनाएको छ ।

प्रदेश अध्यक्षका लागि विशाल खड्का, सरल सहयात्री पौडेल र दिनानाथ गौतमको दाबी छ । मंगलबार सहमतिबाटै पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३० बजे