Logo

मुख्य समाचार

कांग्रेस मतदानस्थलमा फोटो पत्रकारहरु आन्दोलित



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको मतदानस्थलमा पत्रकारहरु आन्दोलित भएका छन् ।

प्रहरी र निर्वाचन समितिले दुव्र्यवहार गरेको भन्दै फोटो पत्रकारहरु आन्दोलित भएका हुन् । मतदानस्थल राष्ट्रिय सभागृह अगाडि पत्रकारहरु क्यामेरा भुँईमा राखेर धर्नामा बसिरहेका छन् ।

मतदानस्थलमा फोटो खिच्न जान लागेका पत्रकारहरुलाई प्रहरीले लछार पछार पारेको थियो । उनीहरूले दुव्र्यवहार गरिएकोमा माफी माग्नुपर्ने माग गरेका छन् ।

उनीहरुले महाधिवेशन वहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ३३ बजे