Logo

मुख्य समाचार

मतदान गर्न राष्ट्रिय सभागृह पुगे देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभा गृह पुगेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा भाग लिन देउवा सभागृह पुगेका हुन् ।

सभापतिका उम्मेदवारसमेत रहेका देउवाले राष्ट्रियसभा गृहमै रहेको बुथबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।

बिहान ८ बजे सुरु हुनुपर्ने मतदान तीन घण्टा ढिला गरि सुरु भएको  हो । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ०८ बजे