काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक सरकारी निवासमा नराख्ने बताएका हुन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जनाएका हुन् ।
‘मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ ।’
प्रतिक्रिया