Logo

मुख्य समाचार

रामचन्द्र पौडेललाई शेखरले भेटेर भने, ‘इतर एक हुन सकेन दु:ख लागेको छ’



काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले सोमबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

कोइराला पौडेललाई भेट्न बिहान पौडेल निवास बोहराटार नै पुगेका थिए । कोइरालाले पौडेलसँग संस्थापन इतर पक्ष एक हुन नसकेकोमा आफूलाई दु:ख लागेको बताएका थिए ।

पौडेलले प्रकाशमान सिंह र शेखर कोइराला मिलेर गएको भए राम्रो हुने बताएका थिए । कोइरालाले पौडेललाई आफूलाई साथ र समर्थनका लागि पनि अनुरोध गरेको बताइएको छ ।

इतर पक्ष एक हुन नसकेपछि निराश बनेका वरिष्ठ नेता पौडेलले चुनावमा नजाने घोषणा गरिसकेका छन् । 

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सभापति पदमा ५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : २० बजे