Logo

मुख्य समाचार

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा मतदान वहिष्कार



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भइरहेको मतदान  वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गर्ने भएका छन् ।

निर्वाचनमा सभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुदैछ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए तर सर्वसम्मतमा उम्मेदवार चयन हुन नसकेपछि पौडेल पनि सभापतिमा उम्मेदवारी नदिने निष्कर्षमा पुगेका थिए । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३६ बजे