Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशनः बिहान ८ बजेदेखि मतदान शुरू हुने



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति सहित केन्द्रीय नेतृत्वका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ । 

पार्टीको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान गुरुङ र कल्याण गुरुङले सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापतिका लागि उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने शेखर कोइराला प्यानललाई सहयोगका लागि अपिल गरेका छन् । 

कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।निर्वाचन समितिका अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।  त्यस्तै केन्द्रीय सदस्य खुलातर्फ ३५ सिटका लागि ९९, महिलातर्फ ९ सिटका लागि ३० जनाले उम्मेदवारी दिएका छन् । 

आजको मतदानबाट १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुनिनेछन् । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतवार नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ४० बजे