Logo

मुख्य समाचार

राष्ट्रपति भण्डारीद्बारा जुम्लामा एमबिबीएस पढाइको औपचारिक शुभारम्भ



जुम्ला : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित शैक्षिक कार्यक्रम एमबिबिएस पढाइको औपचारिक शुभारम्भ गर्नु भएको छ । राष्ट्रपति भण्डारीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपति भण्डारी आज जुम्ला पुग्नुभई शैक्षिक भवनको शिलान्यास र एमबिबिएस कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

उहाँले एमबिबीएस, बिपीएच, बिएनएस, बिफार्मा लगायतका शैक्षिक कार्यक्रमको ताम्र पत्रलाई अनावरण गरी शैक्षिक कार्यक्रमको उद्घाटन गर्नुभएको प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महतले बताउनु भयो ।

उहाँका अनुसार राष्ट्रपतिसँगै उद्घाटन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ,कर्णाली प्रदेश प्रमुख तिलक परियार,चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको छ 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : २२ बजे