Logo

मुख्य समाचार

पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन



काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको  प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको  बताएका हुन् ।

उनले  भने,  ‘यो जहाजको जुन छानविन आयोग  गठन भएको  छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने  कुराहरु बाहिर  आएका छन् , यसलाइइ  सरकारले  सुनेर  छाड्ने  विषय  होइन, त्यो  सौर्य  विमान  पोखरा उड्नको  लागि उपयुक्त थियो की  थिएन भन्ने  कुरा  जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो  चाहीँ अनुसन्धानको पहिलो  दायरामा आउँछन् उनका भिनाजुलाई चाहीँ अहिले छानविन आयोगको प्रमुख बनाइएको  छ भन्ने  कुरा बाहिर  आएको  छ यो  कुन प्रकारको छानविन आयोग होला ।’

उनले  पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको  भन्दै ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ४१ बजे