Logo

मुख्य समाचार

भौतिक संरचनामा सुधार गर्न आवश्यक  छः गृहमन्त्री लेखक



काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक  रहेको  बताएका छन् ।  आज  (आइतबार) सिहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्  ।

उनले भने, ‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ । र यसलाई हामीले सुधार गर्नु आवश्यक छ । स्वास्थ्य र  सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ । भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ । बढी संख्यामा कैदिबन्दी राख्नुपर्ने स्थिति छ । त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ ।’

साथै लेखकले सुरक्षा व्यवस्थाको कुरापनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गरे  । उनले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई  ध्यानाकर्षण गरिने बताए । 

साथै उनले अहिलेको  समयमा अपराधका घटनाहरु धेरै बढेको बताए  । उनले जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरु बढ्दै गएको  बताए ।   

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : ११ बजे