Logo

मुख्य समाचार

महामन्त्रीका लागि मन्त्री छोड्ने अडान राखेका खाण र कार्की पछि हटे



काठमाडौं । वर्तमान सभापति  शेरबहादुर देउवाका तीन  विश्वास पात्रले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा लड्न मन्त्री पद नै छोड्ने अडान राखेका गृहमन्त्री बालकृष्ण खाण, सूचना तथा प्रसारण मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। लेखक, कार्की र खाण तीनै जना देउवा समूहबाट महामन्त्रीमा आकांक्षी थिए।

महामन्त्री पदमा देउवा समूहका प्रकाशशरण महत छन् भने सिटौला समूहका नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाइएको छ।

सिटौलासँगको समीकरण र भागबण्डापछि महामन्त्री पदकै आकांक्षी विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलमा पुगेका छन् ।

महामन्त्री पदका लागि मन्त्री छोड्ने अडानमा रहेका खाण र कार्की एकाएक शनिबार पछि हटेका हुन्। उनीहरू तीनै जनाले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : ०५ बजे