Logo

मुख्य समाचार

यस्तो बन्यो शेखरको टिम, मीनेन्द्र र गगन महामन्त्री (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका सभापतिका आकांक्षी रहेका शेखर कोइरालाले आफ्नो टिम बनाएका छन् ।

कोइरालाले उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सार्ने भएका छन् । यस्तै, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापालाई अघि सार्ने निर्णय गरिएको छ ।

सहमहामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा,  बद्री पाण्डे, जीवन परियार र शेख वकिललाई अघि सार्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५५ बजे