Logo

मुख्य समाचार

महेश आचार्यले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता



काठमाडौं । महेश आचार्यले नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

काठमाडौंमा जारी महाधिवेशनमा आज मनोनयन दर्ता भइरहेको छ । बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ ।

अहिले विभिन्न पदका लागि आकांक्षीहरु उम्मेदवारी दर्ता गराउनका लागि राष्ट्रिय सभा गृहमा स्थापित निर्वाचन कार्यालयमा पुगिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ४२ बजे