Logo

मुख्य समाचार

माओवादी केन्द्रको प्रदेश सम्मेलन शुरु, प्रचण्डले गरे उद्घाटन



काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन सबै प्रदेशमा एकैसाथ शुरु भएको छ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल ‘दाहाल प्रचण्ड’ले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरि १० प्रदेशको सम्मेलन गर्न लागेको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५५ बजे