Logo

मुख्य समाचार

देउवाको उपसभापतिको अफर शशांकले गरे अस्वीकार



काठमाडौं । शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले अफर गरेको उपसभापति पद अस्वीकार गरेका छन् ।

सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमै बोलाएर उपसभापतिको अफर गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

कोइरालाले आफू केन्द्रीय सदस्यमा मात्रै उठ्ने भन्दै उपसभापति अस्वीकार गरेका हुन् । शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यसअघि सभापतिका आकांक्षी रहेका शशांकले सहमतिका लागि भन्दै आफ्नो दाबी छाडेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५६ बजे