Logo

मुख्य समाचार

शशांकलाई बालुवाटार बोलाएर देउवाले गरे उपसभापति अफर



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता चलिरहेको छ । अझैसम्म पनि संस्थापन र इतर पक्ष उम्मेदवार चयनका लागि छलफलमै रहेका छन् ।

यसैबीच, सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर उपसभापति अफर गरेका छन् ।

सभापति देउवाले आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गर्दागर्दै कोइरालालाई बोलाएर उपसभापति बस्न र आफूलाई सघाउन अफर गरेका हुन् ।

देउवाको अफरलाई कोइरालाले स्वीकार गरे नगरेको भने खुलाइएको छैन । उपसभापतिका लागि यसअघि नै नेतृ सुजाता कोइरालाले पनि प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिने तयारी गरेकी छिन् । यस्तै शेखर कोइराला सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । 

१४औँ महाधिवेशनमा कोइराला परिवार धु्रविकरण तर्फ अगाडि बढेको आशंका पनि गर्न थालिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ०४ बजे