Logo

मुख्य समाचार

प्रकाशमान सिंहको प्यानलबाट सुजाताले उपसभापतिमा उम्मेदवारी दिँदै



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा उमेदवारी दिने भएकी छन् ।

कोइरालले प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उमेदवार दिन लागेकी हुन् । सिंहले पनि आज सभापतिमा उम्मेदवारी दिँदैछन् ।

सिंहले अहिले केहिबेरमा अवधारणापत्र सार्वजनिक गरेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । इतर पक्ष एक जनालाई मात्रै सभापति उम्मेदवार बनाउने कसरतमा जुटिरहेका बेला सिंह उम्मेदवारी दिन लागेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अहिले पनि उम्मेदवारको टुंगो लगाउन भन्दै छलफलमै रहेको छ । 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५७ बजे