Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली


११ श्रावण २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गरेकी छन् ।

ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ । बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : ५५ बजे