Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क



काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क निर्धारण गरिएको छ ।

यस्तै, उपसभापति र महामन्त्रीका लागि २५/२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : १७ बजे