Logo

मुख्य समाचार

महाधिवेशन पछि पार्टी निर्वाचनमा केन्द्रित हुन्छ : निधि



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महाधिवेशन सम्पन्न भएपछि पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । कांग्रेस १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले यस्तो भनेका हुन् । 

उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न र सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

‘सकिन्छ भने निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरौं, सकिँदैन भने प्रतिस्पर्धाबाट गरौ, म पनि (उम्मेदवार) छु’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने नेपाली कांग्रेस एकमात्र हो ।’

महाधिवेशन सम्पन्न भएपछि पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने उपसभापति निधिले बताए । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ४२ बजे