Logo

मुख्य समाचार

ओली, नेपाल र प्रचण्ड एकै मञ्चमा !



काठमाडौं । लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा देखिएका छन्।

नेपाली कांग्रेसको चौधौं महाधिवेशन उद्घाटन समारोहको मञ्चमा तीन नेता एकसाथ देखिएका हुन्। एमाले अध्यक्ष ओली करिब एक घण्टा ढिलो गरी कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका थिए।

नेकपा विघटन भएपछि तीन नेता संगै एउटै मञ्चमा देखिएका थिएनन् । नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको हो  ।

२०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । त्यस्तै, ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको थिएन ।

चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएपनि प्रचण्ड भने गएका थिएनन् । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०२ बजे