Logo

मुख्य समाचार

पौडेल समूहको बैठक साँझ फेरि बस्ने, आधिकारिक उमेदवार घोषणा गर्ने



काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज साँझसम्म आधिकारिक उमेदवार घोषणा गर्ने भएको छ 

शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रम सुरू हुनु अगाडि पौडेल निवासमा बोहराटारमा बसेको बैठकले साँझ ५ बजे बैठक बसेर उमेदवार तय गर्ने निर्णय गरेको हो । 

अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बस्ने बैठकमा जिल्ला सभापतिहरु, जिल्लाका पूर्व सभापतिहरु तथा केन्द्रीय सदस्यहरुसहित नेताहरु सहभागी हुनेछन् । सो बैठकले आधिकारिक टिम घोषणा गर्ने  एक कांग्रेस नेताले बताए ।

वरिष्ठ नेता पौडेलले वक्तव्य जारी गरेर आजदेखि सुरु भएको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि संस्थापनइतरका नेताहरु मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी, गगन थापालगायत नेताहरु पौडेल निवास पुगेका थिए । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०२ बजे