Logo

मुख्य समाचार

सभापति शेरबहादुर देउवा पुगे महाधिवेशनस्थल



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको महाधिवेशनस्थल काठमाडौंस्थित भृकुटीमण्डममा पुगेका छन् ।

सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु पनि महाधिवेशनस्थल पुगेका छन् ।  महाधिवेशनलाई सम्बोधन गर्न विभिन्न राजनीतिक दलका नेताहरु तथा विदेशी पाहुनाहरु पनि महाधिवेशनस्थल पुग्दैछन् । 

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत पनि महाधिवेशन स्थलमा पुगेका छन् । 

कांग्रेसको १४औँ महाधिवेशन आजबाट सुरु भएको हो । महाधिवेशनमा भाग लिन देशभरिबाट हजारौँ प्रतिनिधी काठमाडौं आएका छन् । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०३ बजे