Logo

मुख्य समाचार

बलात्कार आरोपमा एक पुरुष पक्राउ



काठमाडौं । बलात्कारको आरोपमा  प्रहरीले नुवाकोटको ककनीबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

ककनी गाउँपालिका–२ कोल्पुबाट प्रहरीले ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई पक्राउ गरेको हो ।

उनले बुधबार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ०९ बजे