Logo

मुख्य समाचार

मीनेन्द्र रिजालद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री डा‍‍. मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शुक्रबार बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गरेका हुन् । रिजालले संस्थापन इतर समूहबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाँडले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खाँडले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन् भने थापाले आफ्नो कुनै समूह नरहेको बताउँदै आएका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ५४ बजे