Logo

मुख्य समाचार

पौडेल सकसमा: उम्मेदवारको टुंगो लगाउन पौडेल पक्षीय बैठक बस्दै



काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ ।

आजबाट सुरु हुने १४औँ महाधिवेशनमा पदाधिकारी उम्मेदवारका आकांक्षी धेरै भएपछि टुंगो लगाउने भन्दै पौडेल पक्षको बैठक बस्न लागेको हो ।

पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला पौडेलले आफू पक्षीय नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन्। बैठक बत्तिसपुतलीमा बस्ने बताइएको छ ।

संस्थापन इतरबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्। सिंह र कोइरालाले सभापतिमा उम्मेदवारी दिने अडान नछाडेपछि पौडेल सकसमा परेका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ५९ बजे