Logo

मुख्य समाचार

कास्कीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु



काठमाडौं । कास्कीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुष  रहेका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : २४ बजे