Logo

मुख्य समाचार

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या



काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो ।

तीनजनाको समूहले हत्या गरेको जनाइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ४२ बजे