Logo

मुख्य समाचार

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन्ः सांसद सापकोटा



काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन् ।

उनले  भने, ‘सत्तापक्षका एक जना बरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनवमा दुवै पार्टीले नलिने सर्तमा गठबन्धन गरिएको भन्नु भएको रहेछ । क्या गज्जब ! भ्रष्टाचारले टुङटुङती गनाएर सिनोमा परिवर्तन हुन लागेका तपाईंहरूले हामीलाई युद्धमा टाउकोको मोल तोक्ने, शंका लाग्ने बित्तिकै गोली ठोक्न आदेश दिएको होइन् ? गोलीसँग  नहिलेको, कुनै नीतिगत भ्रष्टाचारको काण्डहरूमा नमुछिएको माओवादीलाई हेप्न खोज्नु भएको छ भने त्यो तपाईंहरूको दिवा सपना हुनेछ । ’

साथै उनले जनताले माओवादी जस्तो पार्टीलाई मात्र बोक्ने बताए । उनले भ्रष्टाचारमा नमुछिएकोले छाती खोलेर जनताका माझ गर्व गर्न सक्ने हैसियत बनाएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ०० बजे