Logo

मुख्य समाचार

सरकारले अस्थिरता अन्त्य गर्छ, जनताको आशा जगाउनेछ : मन्त्री सिंह



काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम हुन नसकेकै कारण कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् ।

यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने प्रतिवद्धता जनाउँदै उनले जनतामा आशा जगाउने र राजनीतिक अस्थिरताको अन्त्य गर्नेगरी काम गर्ने पनि बताए । आइतबार तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले अघिल्लो सरकारले जनताको चाहनाअनुसार काम नभएकाले नयाँ सरकार बनेको बताएका हुन् ।

‘यो सरकार अहिले संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था आउनुको कारण अगाडिका सरकार अस्थिरताका कारण टिक्न सकेन् । जनताको चाहनाअनुसार काम गर्न सकेन, त्यस कारण आजको परिस्थिति बन्यो,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले भने,‘यो सरकारले अगाडिका सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरि काम गर्नेछ र राजनीतिक अस्थिरताको अन्त्य गर्नेछ ।’

साथै प्रत्यक्ष जनतासँग जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै उनले स्थानीय सरकारलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने बताए । उदघाटन भएको भवनले जनतालाई सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नो पहिचानको रक्षा हुनेगरि आधुनिक सुविधा सम्पन्न नगरपालिका बनाउनका लागि काम गर्न समेत सुझाव दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ४८ बजे