Logo

मुख्य समाचार

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्र«पतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ ।

८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए ।

गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ । फेरि उनलाई यहि समयमा यो रोग आएको हो ।

राष्ट्रपति ट्रम्पलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्नेलागिएको ह्वाइटहाउसले जनाएको छ । त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ ।

ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : ४९ बजे