Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: प्रतिनिधिका लागि खाना, खाजाको व्यवस्था के छ ? (मेनुसहित)



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

यस्तै कांग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि खाना, खाजाको व्यवस्था पनि गरेको छ । कांग्रेसले प्रतिनिधिहरुलाई खुवाउने खाना, खाजाको मेनु नै बनाएको छ । 

महाधिवेशनको खाना मेनु

२४ मंसिर 

डिनर: जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

२५ मंसिर

ब्रेकफास्ट: चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।

लन्च: जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही ।

डिनर: प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।

२६ मंसिर

ब्रेकफास्ट: हलुवा, पुरी, तरकारी, चिया र कफी ।

लन्च: भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।

डिनर: जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।

२७ मंसिर

ब्रेकफास्ट: पराठा, तरकारी, अचार, चिया, कफी

लन्च: प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही

डिनर: जिरा राइस, चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही।

समय

ब्रेकफास्ट: ७ बजेदेखि १० बजेसम्म

लन्च: ११ देखि २ बजेसम्म

डिनर: ६ देखि ८ बजेसम्म

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४९ बजे