Logo

मुख्य समाचार

उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई बाटो खुल्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ ।

महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो ।

त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो ।
जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको छ ।

अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : ५४ बजे