Logo

मुख्य समाचार

सिमलताल पहिरोमा अहिलेसम्म पाँच जनाको शव भेटियो



चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।

पश्चिम चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको हो । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको छ ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइ वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ ।

हिजो शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।  गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ११ : ०४ बजे